गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित – Nepal Press

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

पोखरा । गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन्।

शनिबार भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गरेका हुन्। धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन्।

मतदानमा ५८ सांसद सहभागी थिए। उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले धितालको पक्षमा मतदान गरेका थिए।

उनले गोरखाको भिमसेन गाउँपालिका १ (२)बाट निर्वाचित भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर