सुदूरपश्चिममा सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु – Nepal Press

सुदूरपश्चिममा सभामुख निर्वाचनको समय तोक्न सर्वदलीय बैठक सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि शुक्रबार पुन निर्वाचन गर्ने भनिएको थियो ।

हिजो दिनभर बैठक बस्न सकेन । अनिश्चित समय सम्म स्थगित गरिएको बैठक बारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको हो ।
प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् ।उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर