कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता – Nepal Press

कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता

सुर्खेत । कर्णाली प्रदेशसभाको सभामुखका लागि शनिबार (आज) उम्मेदवारी दर्ताको समय तोकिएको छ । प्रदेशसभा सचिवालयले बिहान १०-११ बजेसम्म मतदाताको नामावली प्रकाशन गर्नुपर्ने छ ।

यस्तै, ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । आजै दिउँसो ५ः१५ बजदेखि उम्मेदवारको नामावली प्रकाशन गर्ने र साढे ५ बजेदेखि उम्मदवारको प्रस्ताव उपर दाबी विरोध गर्ने तालिका छ ।

साथै, मतदान आइतबार (भोलि) बिहान ११ बजे हुनेछ । बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर