मधेश प्रदेशमा को बन्दैछन् सभामुख र उपसभामुख ? आज उम्मेदवारी दर्ता – Nepal Press

मधेश प्रदेशमा को बन्दैछन् सभामुख र उपसभामुख ? आज उम्मेदवारी दर्ता

जनकपुरधाम । मधेश प्रदेशका सभामुख र उपसभामुखका लागि आज प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता हुने भएको छ ।

सभामुख र उपसभामुखको प्रस्ताव दर्ताका लागि प्रदेशसभा सचिवालयले आज बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि समय दिएको छ । प्रस्तावित सभामुख र उपसभामुखको नामावली आजै दिउँसो ३ः३० बजे प्रकाशन हुने प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

प्रदेशसभामा प्रस्तावित सभामुख र उपसभामुखको प्रस्तावकले प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र दर्ता भएको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरिने सचिवालयका सचिव यादवले सार्वजनिक गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

दलहरु छलफलमा

सभामुख र उपसभामुखको प्रस्ताव दर्ताका लागि सत्तारुढ दलहरु छलफलमा जुटेका छन् । सत्ता साझेदार दलहरुबीच सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भइसकेको छ ।

एमालेले सभामुखमा रामचन्द्र मण्डललाई पठाउने निर्णय गरिसकेको स्रोतले जनायो । मण्डल धनुषा क्षेत्र नम्वर १९२०बाट निर्वाचित सांसद हुन् ।

यता, जनमत पार्टीले उपसभामुख कसलाई बनाउने निर्णय अझै गर्न सकेको छैन । एक सांसदका अनुसार उपसभामुखको विषयमा छलफल चल्दैछ । सकभर बबिता ईसरलाई पठाउने सम्भावना छ । ईसर सप्तरीबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

यस्तै माघ २ गतेकै प्रदेशसभा बैठकमा सभामुख र उपसभामुख चयनसँगै मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर