झापामा मनाइयो छैठौं ‘राष्ट्रिय भाक्का दिवस’ – Nepal Press

झापामा मनाइयो छैठौं ‘राष्ट्रिय भाक्का दिवस’

काठमाडौं । झापामा छैठौं ‘राष्ट्रिय भाक्का दिवस २०७९’ मनाइएको छ । कोच राजवंशी समुदायले २०७४ देखि पुस २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् ।

यही अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो । सांस्कृतिक कार्यक्रमसहित भाक्काका विभिन्न स्टलहरु राखिएका थिए ।

जाडो मौसममा चामलको पीठो विशेषगरी कनिकाको पीठोबाट माटोको भाडोमा राखेर वाफबाट पकाइने परिकार हो ‘भाक्का’ । झापासहित पूर्वी तराईका आदिवासी जनजाती राजवंशीले यस्तो परिकार बनाउने गर्छन् । यो उनीहरुको परम्परागत परिकार हो । जुनसुकै समुदायकाले पनि यसलाई मिठो मान्दै ग्रहण गर्छन् ।

यसलाई वास्पीकरणबाट बनाइन्छ र नुन खुर्सानीको अचारसँग खाने गरिन्छ । त्यस्तै, यसमा अन्य कुनैपनि बजारिया वस्तुहरु नमिसाइने भएकाले यो स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । पछिल्लो समय यस परिकारलाई व्यवसायीकरण गरेर काठमाडौंमै पनि बनाउन थालिएको छ । राजवंशीहरुको मौलिकता र पहिचानसँग समेत यसलाई जोड्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर