वामदेवको टिप्पणी- राजनीतिक महाभूकम्पका योजनाकार ओली, मुख्य पात्र प्रचण्ड – Nepal Press

वामदेवको टिप्पणी- राजनीतिक महाभूकम्पका योजनाकार ओली, मुख्य पात्र प्रचण्ड

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले पछिल्लो राजनीतिक महाभूकम्पको योजनाकार एमाले अध्यक्ष केपी ओली भएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उनले योजनाकार ओली भए पनि मुख्य पात्रको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएको बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमासमेत दिए ।

‘जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा एमालेका अध्यक्ष । मलाई धेरै पत्रकारहरुले सोध्नुभएको थियो- यसपटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईंले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर । मैले भनें, पात्र त प्रचण्ड नै हो’, गौतमले भने ।

योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काम पनि ओलीले गरेको उनले जिकिर गरे ।

उनले थपे, ‘यसपटक हाम्रो देशमा घटेको यो महाभूकम्पका मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली र मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’


प्रतिक्रिया

One thought on “वामदेवको टिप्पणी- राजनीतिक महाभूकम्पका योजनाकार ओली, मुख्य पात्र प्रचण्ड

  1. किन महाभुकम्प ? वहुमत कसैको आएन । मिल्ने दलहरूले सरकार बनाए । के अचम्म ? सबैभन्दा बहुरंगी र नौटंकी त तिमी छौ नि । ५४ मा पार्टी फुटायौ । लाजै नमानी एमालेमा आयौ । आएपछि पनि कहिल्यै एमाले बनाउन लागेनौ । खालि विगार्न मात्र लाग्यौ । नेकपा फुटाउने कृष्ण तिमी हौ । हारेको मान्छे फेरि खाली गराएर साँसद उठन खोज्ने, राष्ट्रिय सभाको विषय विशेषज्ञ पद हत्याउने, राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्री खान पाउनुपर्छ भनेर संविधान नै संशोधन गराउन हिडने जस्तो निच र चरम पदलोलुप काम गर्ने, नेकपा फुटदाताका र फुटेपछिका दिनमा सबैभन्दा अस्थिर पदलोलुप, मौकापरस्त तिमी देखिएका छौ । अब तिमीजस्ता बकम्फुस्सेको कुराको सुनुवाई होलाजस्तो लाग्दैन । यसो बेलाबेला ओलिको विरोध गरेर पत्रिकामा देखिन खोजेका हौ । नेपालका दलाल पत्रिका कसले ओलिको विरोध गरिदेला र लेखौंला भनेर मुख आँ गरेर बसेका छन् । एउटा सामान्य बाटोमा हिडने नागरिकले पनि ओलिको विरोध गर्यो भने कुनै पत्रिकाको मुख्य समाचार बनिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर