सन्दीपलाई अदालत पुर्‍याइयो, कारागारबाहिर पुगे सयौं समर्थक (भिडिओ) – Nepal Press

सन्दीपलाई अदालत पुर्‍याइयो, कारागारबाहिर पुगे सयौं समर्थक (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको धरौटी रकम जम्मा गरिएको छ । दाजु मोहन लामिछानेले काठमाडौं जिल्ला अदालतमा २० लाख धरौटी जम्मा गरेसँगै उनको रिहाइ प्रक्रिया सुरू भएको छ ।

उच्च अदालत, पाटनले सन्दीपलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो । केन्द्रीय कारागारमा रहेका सन्दीपलाई अहिले कागजी प्रक्रियाका लागि अदालत लगिएको छ । सन्दीपको स्वागतका लागि सयौं समर्थक केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् ।

समर्थकले ‘सन्दीप भाइ, हाइहाइ’ नारा लगायका छन् ।

अदालतको सन्दीपको रिहाइको लागि औपचारिक पत्र पठाउनेछ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर रिहाइ हुने बताइएको छ ।

एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा सन्दीप असोज २० मा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंले ८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर सन्दीप त्यो आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा गएका थिए । उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज भट्टराईको संयुक्त इजलासले हिजो जिल्ला अदालतको आदेश बदर गर्दै ४ वटा सर्तसहित सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *