९९ दिनपछि छुटे सन्दीप लामिछाने – Nepal Press

९९ दिनपछि छुटे सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा भएको छन् । केन्द्रीय कारागारमा रहेका लामिछाने उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर रिहा भएका हुन् ।

सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटीको रकम बुझाएका थिए ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो ।

सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले अदालतले दिएको सर्तहरुको बारेमा सन्दीपलाई जानकारी गराइसकेको  बताए ।
किशाेरी बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीप बाहिर निस्कँदा उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर