खाल्डाखुल्डी र अलपत्र सडक छिटो बनाउन मन्त्री श्रेष्ठको निर्देशन – Nepal Press

खाल्डाखुल्डी र अलपत्र सडक छिटो बनाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंमा खाल्डाखुल्डी परेका सडक तथा ठेकेदारले बीचमै अलपत्र पारेका सडकको अनुगमन गरेका छन् ।

श्रेष्ठ बिहानै मन्त्रालय र विभागका अधिकारी साथै आयोजना प्रमुखहरू लिएर सडक हेर्न पुगेका थिए । उनले खाल्डाखुल्डी पुर्न र ठेकेदारलाई ताकेता गरी निर्माण पूरा गराउन निर्देशन दिएका छन् । अनुगमनको क्रममा मन्त्री श्रेष्ठले कसैलाई कुनै प्रभावमा परेर छुट नदिने सचेत गराए ।

मन्त्री श्रेष्ठ भैँसेपाटी, सातदोबाटो, बल्खु-कुलेश्वर, लाजिम्पाटलगायतका ठाउँमा पुगेका थिए ।

हिजो मन्त्रालयमा ठेकेदारहरूले उपत्यकाका निर्माणाधीन १५ सडक सम्पन्न गर्न समय सीमा नै राखेर प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर