सांसदकै मत बदर भएको सुदूरपश्चिममा आज पनि सभामुखको निर्वाचन – Nepal Press

सांसदकै मत बदर भएको सुदूरपश्चिममा आज पनि सभामुखको निर्वाचन

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख पदको लागि निर्वाचन हुँदैछ । हिजो साँझ भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुन: निर्वाचन हुन लागेको हो । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् ।

हिजो पक्षमा र विपक्षमा गरी दुई पटकसम्म मतदान भएको थियो । पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाइसकेका थिए । विपक्षमा गरिएको मतदानमा सत्ता गठबन्धनकै एक सांसदको मत बदर भएपछि उनको मत २६ पुग्यो ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे निर्वाचन हुने भएको छ । हिजो रावलको पक्षमा २३ मत खसेको थियो ।

यो पनि पढ्नुस् : सुदूरपश्चिम सभामा सांसदकै मत बदर भएपछि देखिएका रोचक दृश्य : सांसदको ‘जोक’ देखि सांसदलाई रोकसम्म


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर