नेपाल-भारत सीमा क्षेत्र मर्चवारमा गोली चल्यो, तीनजना पक्राउ – Nepal Press

नेपाल-भारत सीमा क्षेत्र मर्चवारमा गोली चल्यो, तीनजना पक्राउ

रूपन्देही । नेपालभारत सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आपसी विवादमा गोली चलेको छ । घटनामा संलग्नताको आशंकामा तीनजना पक्राउ परेका छन् ।

बिहीबार राति केही पड्केको आवाज आएको र घटनास्थलमा एक थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रवक्ता श्यामु अर्यालका अनुसार बिहीबार साँझ कोटहीमाइ गाउँपालिका वडानम्बर ३ पर्सियामा तर्साउनको लागि हवाइ फायर गरिएको थियो ।

सो क्षेत्रमा तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनको लागि हवाइ फायर भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । गोली चलेको स्थान नेपाल–भारतको सीमा क्षेत्र हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर