क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा (भिडिओ) – Nepal Press

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा (भिडिओ)

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना अधिकारी दिनेश पौडेलले नेपाल प्रेसलाई बताए । ‘आदेशकाे पूर्णपाठ केहीबेरमा आउँछ’, उनले भने, ‘लामिछानेकाे रिहाइ सर्तसहित हाे ।’ तर आदेश पूर्णपाठ नआइसकेकाले सर्त के हो खुलेको छैन । लामिछानेलाई २० लाख रूपैयाँ धराैटी माग गरिएकाे छ ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिग नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटक-पटक स्थगित भएको थियो । यो आदेशसँगै लामिछाने अब थुनामुक्त हुने भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर