रामचन्द्र पौडेलको दाबी- विश्वासको मतबारे पार्टीभित्र विवाद छैन, हामी प्रमुख प्रतिपक्ष हौं – Nepal Press

रामचन्द्र पौडेलको दाबी- विश्वासको मतबारे पार्टीभित्र विवाद छैन, हामी प्रमुख प्रतिपक्ष हौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरेका छन् ।

सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाएको भन्दै चर्को आलोचना भइरहेको बेलामा नेता पौडेलले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘हामी पार्टीबाट निर्णय गरेर नै सरकारलाई विश्वासको मत दिएका हौं । विश्वासको मत दिँदैमा हाम्रो प्रतिपक्ष दलको हैसियत गुम्दैन ।’

महामन्त्री द्वयसहित पार्टीको केही नेताहरुले बैठकमै फरक मत राख्नुभएको थियो । त्यसबारे आज पनि कुरा उठाउनुभयो होला नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘उहाँहरुले फरक मत राख्नुभएको थियो । तर, पार्टी निर्णय उहाँहरुले पनि मान्नुभइसक्यो । त्यसैले आजको बैठकमा त्यसबारेमा उहाँहरुले केही भन्नुभएन ।’

उनले आजको बैठकमा सभामुख र उपसभामुख चुनावबारे अन्य दलसँग कुरा छलफल गर्ने र नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे मात्रै छलफल भएको जिकिर गरे ।

तर, सरकारलाई विश्वासको मत दिने सभापति शेरबहादुर देउवाको निर्णयप्रति संस्थापनइतर पक्षले असन्तुष्टि पोख्दै आइरहेको छ । पार्टीभित्र विवाद चर्किएपछि आज देउवाले पदाधिकारी बैठक बोलाएका थिए ।

त्यसो त पार्टीभित्र विवाद बढ्दै गएपनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा दरार ल्याउन कांग्रेसले विश्वासको मत दिएको कतिपयले टिप्पणी गरेका छन् ।

सरकारलाई विश्वासको मत दिएपछि नेता पौडेलले भनेका थिए, ‘ओलीबाट हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो ।’

पौडेलको अभिव्यक्तिसँगै सभामुख निर्वाचनको लागि अन्य दलसँग गर्ने कांग्रेसले गरेको निर्णयलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “रामचन्द्र पौडेलको दाबी- विश्वासको मतबारे पार्टीभित्र विवाद छैन, हामी प्रमुख प्रतिपक्ष हौं

  1. प्रजातंत्र को मर्म नबुझेको माँछे – , बुधि नभै नेता कसरी हुनु भयों हजुर –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर