पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरू गर्‍याे: राजेन्द्र लिङदेन (भिडिओ) – Nepal Press

पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले नयाँ संस्कार सुरू गर्‍याे: राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताएका छन् ।

३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टिमा लिङ्देनले पृथ्वीजयन्तीमा विदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताएका हुन् ।

पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उनले बताए । उनले योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका बिषयमा अनेक नकारात्मक बहस भइरहेको जिकिर गरे ।

उहाले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण बिभिन्न समूदायले गौरव गर्ने ठाँउ बनेको समेत बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर