मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुने – Nepal Press

मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ ।

सत्ता साझेदार दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा वुधबार जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्रीमा नियुक्त भए । भोलि शपथग्रहण हुने र त्यसको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीसँगै मन्त्री परिषद् विस्तार कसरी गर्ने विषयमा सत्ता साझेदार दलहरु छलफलमा रहेका बेला लोसपा संसदीय दलका नेता अभिराम शर्माले सरकारलाई समर्थन गरिसकेको बताए ।

बाहिर बसेर समर्थन गर्ने कि सरकारमा सहभागी हुने ? जिज्ञासामा उनले सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले भने, ‘भोलि मन्त्री पठाउने कि पछि भन्ने विषयमा अहिले छलफल चल्दैछ ।’

मधेश प्रदेशमा १० मन्त्रालय छ । मन्त्रालय नफुटाउने नवनियुक्त मुख्यमन्त्री यादवले बताइसकेका छन् । त्यसैले मन्त्रालय बाँडफाँटमा सकस परेकोले अहिलेसम्म सत्ता साझोदार दलहरुबीच बाँडफाँड टुंग्एिको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर