हाेटल ग्रीन लुम्बिनी सिद्धार्थ विजनेश ग्रुपको साझेदारीमा सेवा सुरु हुँदै – Nepal Press

हाेटल ग्रीन लुम्बिनी सिद्धार्थ विजनेश ग्रुपको साझेदारीमा सेवा सुरु हुँदै

काठमाडौँ । होटल ग्रीन लुम्बिनीेले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरी सेवा सरु गर्ने भएको छ ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले देशका विभिन्न स्थानमा ३० वटा शाखामार्फत हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे छ ।

सोही व्यवस्थापकीय साझेदारीबमोजीम दाङ्गको लमहीमा यसै पुष २९ शुक्रबार देखि आफ्नो सेवाको सुरुवात गर्ने कम्पनीले बताएको छ ।

उक्त होटल ग्रीन लुम्बिनीेमा २० वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल,स्पा लगायतका सुबिधा उपलब्ध रहेका छन ।

निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा युक्त कोठा, जिम्, हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना कम्पनीको रहेको छ ।

त्यसैगरी, सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सञ्चालनमा रहेको र भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारीमा रहेको कम्पनीले जनाएको छ । गु्रपले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने र स्थानीय उत्पादित सामानहरुलाई प्रोत्साहन दिनुका साथै बजारीकरण गर्न सधैँ प्रयत्नशील रहेकोमा दाङ्गमा पनि सो कार्यलाई निरन्तरता दिइने कम्पनीको दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर