स्रोत नखुलेको सात लाख रुपैयाँसहित एकजना पक्राउ – Nepal Press

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एकजना पक्राउ

मोरङ । विराटनगरबाट स्रोत नखुलेको सात लाख नौ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटीएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकलसहित सोही महानगरपालिका–१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *