स्ववियु चुनाव चैत ५ मा गर्ने टीयूको निर्णय
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ पुष २८ गते १६:४८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/12/Tribhunvan-University-e1678412052169.jpg)
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव चैत ५ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को पुस २२ को निर्णय अनुसार चैत ५ गतेलाई निर्वाचनको मिति तोकिएको त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । महाशाखाले चुनावको पूर्वतयारी गर्न गराउन समेत आग्रह गरेको छ ।
विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते चुनाव गराउन सिफारिस गरेको थियो ।
२०६५ सालदेखि नियमित हुन नसकेको स्ववियु चुनाव १४ वर्षपछि हुन लागेको हो । यो चुनावसँगै त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।
प्रतिक्रिया