नेप्से परिसूचक ४१ अंकले घट्यो, साढे ५ अर्बको कारोबार – Nepal Press

नेप्से परिसूचक ४१ अंकले घट्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको अनित्म कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा अडिएको छ ।

घटेको बजारमा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोइनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । आज व्यापार उपसमुह बाहेक सबैमा गिरावट आएको छ ।

कारोबारको शुरुवातमा २२ सय विन्दु माथि रहेको बजार बन्द हुनेबेलासम्म २२ सयको मनोवैज्ञानिक रेखाबाट तल झरेको हो । आज शिवम सिमेन्ट र रिडि पावर कम्पनीको सेयर सबैभन्दा बढी खरिदबिक्रि भएको छ । सेयर बजार पुँजीकरण ३१ खर्ब कायम भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर