लण्डनमा पाइन्टविना किन निस्किँदैछन् आम नागरिक ? – Nepal Press

लण्डनमा पाइन्टविना किन निस्किँदैछन् आम नागरिक ?

काठमाडौं । लण्डनको सबवेमा यात्रा गरिरहेका आम नागरिकहरुका यी तस्विर तथा भिडिओहरुले हाल धेरै मानिसहरुको ध्यानाकर्षण गराइरहेका छन् । धेरैमा यी मानिसहरु सार्वजनिक स्थानमा विनापाइन्ट किन हिँडिरहेका होलान् भन्ने कौतुहलसमेत जगाएको छ ।

सार्वजनिक भएका तस्विर तथा भिडिओमा महिला तथा पुरुषले कम्मरभन्दा माथिको भागमा वस्त्र लगाए पनि कम्मरमुनि केवल भित्री वस्त्र र जुत्ता वा चप्पलमात्र लगाएको देख्न सकिन्छ । कोट पाइन्ट, ज्याकेट, टी-शर्ट, भित्री वस्त्र, जुत्तामोजा सबै लगाएका यी व्यक्तिहरुले पाइन्टमात्र किन नलगाएका होलान् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यी मानिसहरुले ‘नो ट्राउजर ट्युब राइड’ नामक अभियानअन्तर्गत रहेर पाइन्ट बहिष्कार गरेका हुन् ।

यो अभियान आजभन्दा करिब २० वर्ष पहिला अमेरिकाको न्यूयोर्कबाट सुरु भएको जनाइएको छ । कमिक ग्रुप ‘इम्प्रोभ एनीव्होएर’ले यो अभियान सुरु गरेको बताइन्छ । ‘इम्प्रोभ एनीव्होएर’ का अनुसार नितान्त मनोरन्जनका लागि यो अभियान सुरु गरिएको थियो । सुरुमा यो अभियानमा मात्र ७ जना व्यक्ति सहभागी थिए । सो समयपछि नै बेलायत, जर्मनी, फ्रान्सलगायतका देशहरुमा वेला वेलामा यो अभियान सञ्चालन हुने गर्छ ।

यो अभियानमा संलग्न हुने मानिसले अनुहारमा कुनै भाव नदेखाइ पाइन्ट नलगाउने कुरा सामान्य हो भने जस्तै गरी व्यवहार गर्नुपर्ने नियम रहेको छ । लण्डनमा बर्सेनि यो अभियान सञ्चालन हुँदै आएको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर