रवीन्द्र मिश्र भन्छन्- कांग्रेस प्रचण्डीकरणबाट बाहिर आउँदा राजसंस्थासहितको प्रजातन्त्रमा पुग्नुपर्छ (भिडिओ) – Nepal Press

रवीन्द्र मिश्र भन्छन्- कांग्रेस प्रचण्डीकरणबाट बाहिर आउँदा राजसंस्थासहितको प्रजातन्त्रमा पुग्नुपर्छ (भिडिओ)

‘संघीयता खारेजी र हिन्दु राष्ट्रको कुरामा कांग्रेसको पनि विचार मिल्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसमा प्रचण्डीकरण भएको दाबी गरेका छन् ।

३०१ औं पृथ्वी जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले पृथ्वीजयन्तीमा बिदा दिन सरकारसँग आफ्नो पार्टीले शर्त राखेको बताए ।

उनले आगामी दिनमा पृथ्वी जयन्तीमा बिदा दिने निर्णय हटाउन चुनौती दिए ।

उनले भने, ‘मैले बारम्बार भन्ने गरेको छु नेपाली कांग्रेस पनि यही लाइनमा थियो । तर, पछि कांग्रेसमा प्रचण्डीकरण भयो । त्यसले पृथ्वीनारायणका शाहको दिव्य उपदेश बिर्सियो । मलाई लाग्छ कांग्रेस फेरि पृथ्वीनारायणका शाहको दिव्य उपदेशमा फर्किनु भनेको जहाँ प्रजा मोटा भए मात्रै राजा बलियो हुन्छन् भन्ने वाक्य पनि छ । त्यो भनेको राजसंस्थासहितको प्रजातन्त्र भन्न खोजेको हो । त्यसमा नेपाली कांग्रेस फर्किने हो भने यो समाजको सन्तुलन धेरै ठाउँमा आउछ ।’

उनले कांग्रेस र राप्रपाबीच संघीयता खारेजी र हिन्दु राष्ट्रको कुरामा धेरै फरक नभएको बताए । तर, राजसंस्थाको कुरा पुग्न अलिक समय लाग्ले कांग्रेस नेताहरुले आफूसँग बताएको सुनाए ।

उनले भने, ‘कांग्रेस बीपी कोइरालाको लाइनमा कांग्रेस जानु भनेको पृथ्वीनारायण शाहको दिव्यउपदेशमा फर्किनु हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर