विश्वमा गम्भीर आर्थिक मन्दी हुनसक्ने विश्व बैंकको प्रक्षेपण – Nepal Press

विश्वमा गम्भीर आर्थिक मन्दी हुनसक्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले विश्व अर्थतन्त्रमा गम्भीर मन्दी देखिने प्रक्षेपण गरेको छ । वुधबार विश्व अर्थतन्त्रको प्रक्षेपण सार्वजनिक गर्दै बैंकले मन्दीको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण गरेकाे हो ।

विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ । नेपालले भने चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

विश्वबैंकले २०२३ मा माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशत, भारतको ६.९ प्रतिशत, बंगलादेशको ५.२ प्रतिशत, नेपालको ५.१ प्रतिशत, भुटानको ४.१ प्रतिशत, पाकिस्तानको २ प्रतिशत, श्रीलंकाको -४.२ प्रतिशत आर्थिक बृद्धि रहने प्रक्षेपण गरेको छ ।

अफगानिस्तानको आर्थिक वृद्धिको तथ्यांक भने उल्लेख गरेको छैन । विश्व बैंकको सन् २०२३ को पहिलो प्रक्षेपण हो । सन् २०२३ मा अमेरिकाले ०.५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त गर्ने जनाइएको छ । चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर