माधव नेपालको दाबी- विश्वासको मत दिनासाथ सत्ताधारी हुने हैन (भिडिओ) – Nepal Press

माधव नेपालको दाबी- विश्वासको मत दिनासाथ सत्ताधारी हुने हैन (भिडिओ)

प्रचण्डलाई सुझाव : यो अवसर हो, हावादारी योजनामा नलाग्नुस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई विश्वासको मत दिनासाथ सत्ताधारी दल नहुने दाबी गरेका छन् ।

नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारलाई विश्वासको मत दिएपनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘विश्वासको मत दिएपछि सत्ताधारी दल हुन्छ यो कहाँको व्याख्या हो मैले बुझ्न सकेको छैन । ५१ सालमा हाम्रो पार्टीको सरकार थियो । म त्यो सरकारको उपप्रधानमन्त्री थिए । अहिलेका एमालेका नेता गृहमन्त्री हुनुहुन्थ्यो । अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको स्मरण गर्नु पर्दैन ।’

कांग्रेसको विश्वासको मत नदिएको भएर सरकार ढलेर चुनावमा जानुपर्ने अवस्था रहेको स्मरण गरे । उनले कांग्रेसले पनि विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएको उल्लेख गरे ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्य गरेर जनताको जीवनस्तर सुधार्ने लक्ष्यसहित आफूले विश्वासको मत दिएको नेपालले बताए ।

उनले प्रचण्डमा अहिले अवसर भएको बताए । नेपालले भने, ‘हावादारी योजना बनाएर हुँदैन । कस्तो हुन्छ हावादारी यहाँ नभनौं कसैलाई घोच्ला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर