प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्घाटन (तस्बिरहरू) – Nepal Press

प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्घाटन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन् । पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो ।

महोत्सव उद्घाटनका लागि बुधबार बिहान प्रचण्ड सैनिक हेलिकप्टरमार्फत गोरखा लागेका थिए । गोरखा- २ बाट निर्वाचित उनी चुनाव प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा पुगेका हुन् । उनले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्री प्रचण्ड गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

तस्बिरहरू : प्रधानमन्त्री दाहालको सचिवालय । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *