नागरिक उन्मुक्तिसँगको छलफलले कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक अनिश्चित – Nepal Press

नागरिक उन्मुक्तिसँगको छलफलले कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक अनिश्चित

कैलाली । आज बिहान ८ बस्ने भनिएको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक अहिले सम्म बस्न सकेको छैन ।

बिहान केही प्रदेश सभा सदस्यहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका थिए । तर, संसदीय दलका नेता कमल शाहले बैठक १०ः३० मा हुने बताएपछि उनीहरू पनि फर्किए । त्यसपछि १०ः३० मा पनि बैठक सुरु हुन सकेन ।

नागरिक उन्मुक्तिसँग छलफल भइरहेको हुँदा संसदीय दलको बैठक बस्न ढिलाइ भएको हो ।

आज मुख्यमन्त्रीको दाबी गर्ने र सभामुखको मनोनयन गर्ने अन्तिम दिन हो । आज बिहान यिनै विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो ।

यहाँ नागरिक उन्मुक्ति पार्टीले जसलाई समर्थन गर्ने अवस्था आउँछ त्यही गठबन्धनको सरकार बन्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ जना सांसद आवश्यक पर्छ ।

यहाँ सत्ता गठबन्धन भित्र माओवादी केन्द्रको ११ एमालेको १० र राप्रपाका १ सांसद छन् । यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ सांसद मिल्दा २९ हुन्छ ।

यता कांग्रेसका १९ , नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र एकसहित २४ सांसद छन् । यहाँ नागरिक उन्मुक्ति मिल्दा ३१ हुन्छ ।

अहिले कांग्रेस र नेकपा एकीकृत समाजवादी आफूहरूसँग नागरिक उन्मुक्तिलाई उभिन लबिङ गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर