नेपाल टी- २० लिग फाइनलः विराटनगरविरुद्ध टस जितेर ब्याटिङमा लुम्बिनी – Nepal Press

नेपाल टी- २० लिग फाइनलः विराटनगरविरुद्ध टस जितेर ब्याटिङमा लुम्बिनी

काठमाडौं । नेपाल टी- २० लिगको फाइनलमा आज लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरू हुने खेलमा लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

विराटनगर रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदै छ भने, लुम्बिनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहनेछ । समूह चरणमा १० मध्यका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

समूह चरणमा समान ५ जित र हारको नतिजा निकालेको विराटनगर १० अंकसहित तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको थियो । इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराउँदै विराटनगरले दोस्रो क्लालिफायरमा स्थान पक्का गर्यो । उक्त खेलमा जनकपुरलाई हराउँदै फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको थियो ।

लुम्बिनीको प्लेइङ ११: दीपेन्द्रसिंह ऐरी, अनिलकुमार शाह, कुशल भुर्तेल, गुलसनकुमार झा, सागर ढकाल, किशोर महत्तो, इशान पाण्डे, लाहिरु मिलन्थाा, सेड्ली भान स्केल्कवेक, विपुल शर्मा, हर्मीतसिंह ।

विराटनगरको प्लेइङ ११: रोहितकुमार पौडेल, अर्जुन साउद, नन्दन यादव, सूर्य तामाङ, अमरसिंह रौटेला, पृथु बास्कोटा, विवेककुमार यादव, मोहमद हुसेन टलत, गौरान्सु शर्मा, राज रकी ननन्, कियोन जोसेफ ।

(तस्बिर : क्यान ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर