विश्वासको मत दिने बेला संसद बंक हान्ने कांग्रेस सांसद को-को हुन् ? – Nepal Press

विश्वासको मत दिने बेला संसद बंक हान्ने कांग्रेस सांसद को-को हुन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतका लागि भएको मतदानमा कांग्रेसका तीन सांसद अनुपस्थित भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत अनुपस्थित भए । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा भने बैठकको अध्यक्षता गरेकाले मतदानमा सहभागी भएनन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित छ । बाँकी २७४ मध्ये आजको बैठकमा २७० जना उपस्थित भएका थिए । २६८ सांसद प्रचण्ड सरकारको पक्षमा उभिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष प्रेम सुवालले विपक्षमा मतदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर