प्रभु साहको दाबी- नेपाललाई एकताको सुत्रमा जोड्न सक्ने व्यक्ति प्रचण्ड मात्रै – Nepal Press

प्रभु साहको दाबी- नेपाललाई एकताको सुत्रमा जोड्न सक्ने व्यक्ति प्रचण्ड मात्रै

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाललाई एकताको सुत्रमा जोड्न सक्ने उपयुक्त व्यक्ति प्रचण्ड मात्रै भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल एकताबद्ध गर्नसक्ने, यत्रो ठूलो दललाई विश्वासमा लिन सक्ने, देशलाई तीव्र परिवर्तनको प्रवाहमा लैजानसक्ने भिजनरी व्यक्तित्व भएकाले आफूले पनि यो सरकारलाई विश्वासको मत दिने बताए ।

‘आज जो उहाँलाई अदभूत समर्थन देखा पर्यो यसले विहानीले दिनको संकेत गरेजस्तै नेपाली जनतालाई नेपाल बन्छ भन्ने उर्जा दिन्छ भन्ने लाग्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर