सत्ता र प्रतिपक्ष संसारको चलन हो, कांग्रेसको निर्णय अशोभनीय : प्रदीप पौडेल – Nepal Press

सत्ता र प्रतिपक्ष संसारको चलन हो, कांग्रेसको निर्णय अशोभनीय : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सरकारलाई समर्थन गर्ने कांग्रेसका लागि शोभनीय नभएको बताएका छन् ।

कार्यसम्पादन समितिमा फरक मत राखेका पाँच नेतामध्येका एक पौडेलले संसदमा प्रतिपक्ष र सत्ता पक्ष संसारको चलन भएको पत्रकारसँग बताए ।

‘कार्यसम्पादनले संसदीय दललाई निर्देशन गरिएको भन्ने सुनाइयो । ठूलो पार्टी प्रतिपक्षमा छ । सरकारलाई समर्थन गर्ने कुरा शोभनीय होइन हाम्रो भूमिका होइन ‘, उनले भने ।

संकटको बेला सबै एक हुनुपर्ने भए पनि सरकार बनाउने कुरामा एकै ठाउँ हुने कुरा राजनीति र नैतिक रूपमा नमिल्ने पौडेलको भनाइ थियो । उनले यसबारे पार्टीमा छलफल हुनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर