नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो – Nepal Press

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो

काठमाडौं । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज विहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो ।

काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए ।

काठमाडौँ आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए ।

र्‍यालीमा सहभागी सैनिकहरु पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोषाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर