हामीलाई दया होइन न्याय चाहिएको छ: रञ्जिता श्रेष्ठ – Nepal Press

हामीलाई दया होइन न्याय चाहिएको छ: रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई दया नभई न्याय चाहिएको बताएकी छन् ।

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै उनले सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म सरकारमा भने नजाने बताइन् ।

‘हाम्रा मतदाताहरुले हामीलाई सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म मन्त्रालयको दैलो नटेक्न खबरदारी गरिरहेका छन्’, उनले भनिन् ।

‘टीकापुर घटना भइरहँदा घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याउनेहरु, कपाल काटिरहेकाहरु, तरकारी बेचिरहेकाहरु, रिक्सा चलाइरहेकाहरु र स्कुलमा पढाइरहेकाहरु किन जेलमा छन ?’, उनको प्रश्न छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर