प्रधानमन्त्री प्रचण्डले भने- वित्तीय प्रशासनको पूरै चक्र समस्याग्रस्त छ – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भने- वित्तीय प्रशासनको पूरै चक्र समस्याग्रस्त छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको आर्थिक अवस्था उत्साहजनक नभएको जानकारी संसदहरुलाई गराएका छन् ।

मंगलबार विश्वासको मत लिनुअघि संसदमा बोल्दै प्रधानमन्त्रीले भने, ‘यो सम्मानित संसदलाई मैले प्रस्ट भन्नुपर्छ, हामी आर्थिक अनुकूलतामा छैनौं । यो वर्ष विश्व अर्थतन्त्रको एकतिहाइ हिस्सा मन्दीको मारमा पर्ने प्रक्षेपण छ । अमेरिका, यूरोप र चीनकै अर्थ व्यवस्थाको गति घटेको छ । मूल्यवृद्धि, युक्रेन युद्ध, कोभिड महामारी र बढ्दो व्याजदरले विश्व अर्थ व्यवस्थामा परेको दबाबबाट हामी पनि प्रभावित छौं ।’

अर्कोतिर स्वदेशकै आर्थिक सूचकहरू पनि उत्साहजनक नभएको उनको बताए । राजस्व वार्षिक लक्ष्यको करिब २५ प्रतिशतमात्र र अनुदानसहितको स्रोत करिब २७ प्रतिशतमात्र संकलन भएको छ । चालू खर्च करिब ३३ प्रतिशत र पूँजीगत खर्च जम्मा ११ प्रतिशत छ ।

वैदेशिक अनुदानको वार्षिक लक्ष्य जम्मा ६ प्रतिशत पूरा भएको छ । आयकरसमेत लक्ष्यबमोजिम उठेको छैन । लक्ष्यअनुसार राजस्व नउठ्दा, पूँजीगत खर्च नहुँदा र बेरुजु बढिरहँदा वित्तीय प्रशासनको पूरै चक्र समस्याग्रस्त भएको जानकारी उनले संसदलाई गराएका छन् ।

यद्यपि सबैखालका आमूल सुधारबाट आगामी ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउने संकल्प प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर