प्रधानमन्त्रीको रूपमा निषेध, अपमान र प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्नेछु : प्रचण्ड (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको रूपमा निषेध, अपमान र प्रतिशोध होइन आपसी विश्वास स्थापित गर्नेछु : प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै विगत २ पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताएका छन् ।

प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर