संविधानविद् भीमार्जुन आचार्य भन्छन्- जुन पार्टीले विश्वासको मत दिँदैन, त्यही प्रमुख प्रतिपक्षी दल – Nepal Press

संविधानविद् भीमार्जुन आचार्य भन्छन्- जुन पार्टीले विश्वासको मत दिँदैन, त्यही प्रमुख प्रतिपक्षी दल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सत्ता गठबन्धनबाहेकका नेपाली कांग्रेस, नेकपा एस, लोसपाले विश्वासको मत दिने निर्णय गरिसकेका छन् । योसँगै संसदमा प्रतिपक्षी दल को भन्ने प्रश्न पनि उठेको छ ।

यही प्रश्नमा संविधानविद् भीमार्जुन आचार्य विश्वासको मत नदिने दल नै सदनमा प्रमुख प्रतिपक्षी हुने बताएका छन् ।

आचार्यले नेपाल प्रेससँग भने, ‘जसले विश्वासको मत दिँदैन त्यही प्रमुख प्रतिपक्षी दल हो । संविधानले बलियो प्रतिपक्षिको कल्पना गरेको छ । सबैले सरकारलाई समर्थनको कल्पना गरेको छैन ।’

नेपाली कांग्रेस, नेकपा एमाले, रास्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति, आम जनता पार्टीदेखि २ स्वतन्त्र सांसदले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले भने विश्वासको मत नदिने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *