मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय- मन्त्रालय घटाउन कार्यदल गठन, १५ दिनको समय – Nepal Press

मुख्यमन्त्री जम्कट्टेलको पहिलो निर्णय- मन्त्रालय घटाउन कार्यदल गठन, १५ दिनको समय

हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै जम्कट्टेलले प्रदेशको मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको निर्णयमा हस्ताक्षर गरे ।

मन्त्रालय कटौती गर्ने कार्यदल मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण भएको छ ।

कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहितका मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कानुन सचिव सहित पाँच सदस्यीय रहेको र त्यो थपघट हुने बताइएको छ ।

कार्यदलले बढीमा १५ दिन भित्र मुख्यमन्त्रीलाई प्रतिवेदन पेश गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर