अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी बनायो – Nepal Press

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी बनायो

भोजपुर । अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । जिल्ला कमिटी अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा आयोजक कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा आर्यमन दाहाल, सचिवमा निसान राई, सहसचिवमा खगेन्द्र राई र सबिना बानिया, कोषाध्यक्षमा सुम राई छन् ।

अधिवेशन सम्पन्न गर्न ५ उपसमिति समेत गठन गरिएको छ ।

आगामी माघ २१ गते २४ औँ जिल्ला अधिवेशन हुँदैछ ।

यस्तै बैठकले बुक बैंकको अवधारणालाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ध्रुवराज राई, अनेरास्ववियु प्रदेश कमिटी सदस्य लक्ष्मण चौहान, प्रदेश कमिटी सदस्य प्रताप तामाङ लगायत बैठकमा सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर