मलेसियामा अलपत्र परेका १३ मध्ये ६ जना आज स्वदेश फर्किँदै – Nepal Press

मलेसियामा अलपत्र परेका १३ मध्ये ६ जना आज स्वदेश फर्किँदै

काठमाडौं । मलेसियामा अलपत्र परेकामध्ये ६ जन आज स्वदेश फर्किँदै छन् ।

क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा १३ जनामध्ये ६ जना आज स्वदेश फर्किने भएका हुन् ।

बाँकी ७ जना शुक्रवार नेपाल फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मलेसियाको प्लान्टेसन क्षेत्रमा काम गर्ने कम्पनी पीआरएस फोरेस्ट म्यानेजमेन्ट (एम) एसडीएन बीएचडीमा काम गर्ने गरी गएका १३ जना नेपाली अलपत्र परेका थिए ।

दूतावासले रोजगारीमा पठाउने कम्पनी त्रिवेणी एचआर सोलुसन प्राइभेट लिमिटेडको प्रतिनिधिसमेतको रोहबारमा दूतावासमा ती १३ जना नेपालीसँग छलफल गरी उनीहरूलाई नेपाल फर्कने प्रबन्ध मिलाएको हो ।

उनीहरूलाई नेपाल फर्कनका लागि आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेकआउट मेमो र हवाई टिकटको व्यवस्था र नेपाल नफर्केसम्मका लागि बस्ने र खाने व्यवस्था मिलाइसकेको पनि दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर