इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प – Nepal Press

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

जकार्ता । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ ।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *