प्रचण्डलाई विश्वासको मत दिने देउवाको संकेत, संसदीय दलमा छलफल गर्ने आश्वासन – Nepal Press

प्रचण्डलाई विश्वासको मत दिने देउवाको संकेत, संसदीय दलमा छलफल गर्ने आश्वासन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत गरेका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् ।

सोमवार साँझ देउवा निवास पुगेका प्रचण्डले गठबन्धन टुटे पनि आफूले कांग्रेससँगको गठबन्धनबाट जितेको नभुलेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए ।

देउवाले भोलि संसदीय दलको बैठक बसेर निर्णय गर्ने आश्वासन प्रचण्डलाई दिएका छन् । प्रचण्डले कांग्रेसबाट विश्वासको मत पाए राष्ट्रिय सहमतिको सन्देश जाने र चुनावसम्म कायम रहेको गठबन्धनको औचित्य पनि पुष्टि हुने बताएका थिए ।

यसअघि प्रचण्ड र केपी ओलीले प्रधानमन्त्रीले सबैको विश्वासको मत पाउने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर