प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा, विश्वासको मत दिन आग्रह – Nepal Press

प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा, विश्वासको मत दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेससँग विश्वासको मत माग्न पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवालाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास धुम्बाराही पुगेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

तत्कालीन सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर