गण्डकीका मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए सपथ
नेपाल प्रेस
२०७९ पुष २५ गते १७:३९
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो चरणमा सत्तामा सहभागी दलमध्येबाट तीनजना मन्त्री चयन गरेका छन् । उनीहरुले सोमबारै सपथग्रहण गरेका छन् ।
नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त भएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
प्रतिक्रिया