शोभित बस्नेतको सिनेमा ‘जय हो’मा नायक अर्पण थापा फाइनल – Nepal Press

शोभित बस्नेतको सिनेमा ‘जय हो’मा नायक अर्पण थापा फाइनल

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’मा नायकमा अर्पण थापा फाइनल भएका छन् ।

सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र कलाकार अर्पण थापाबीच लिखित सम्झौता भएको छ । सलोन बस्नेतसँगै अर्का नायक अर्पण थापा पनि सिनेमा ‘जय हो’मा फाइनल भएका हुन। फिल्मलाई टेक पोरखी राईले निर्देशक गर्दैछ्न् ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने सिनेको काठमाडौँ, पोखरा, र मुस्ताङमा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत र सौरभ लामाको छायांकन रहनेछ भने राज के अधिकारी र सुरज सरकारले लगानी गर्ने भएका छन् ।

अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशक निर्देशकको रुपमा रहनेछन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर