कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय – Nepal Press

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय

सुर्खेत । कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचनका लागि मिति तोकिएको छ । प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा शाहले कर्णाली प्रदेशसभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।

बैठक माघ १ गते दिउँसो १ बजेका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर