इटहरीमा मास्क अनिवार्य – Nepal Press

इटहरीमा मास्क अनिवार्य

विराटनगर । कोरोना भाइरसको नयाँ भेटियन्ट नेपालमा पनि देखिन सक्ने भन्दै इटहरी उपमहानगरले सोमबारबाट लागू हुनेगरी उपमहानरभरी मास्क र सेनिटाइजर अनिवार्य गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले आगामी पौष २४ गते) बाट लागू हुनेगरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सेनिटाइजरसहित भौतिक दूरी कायम गर्न अनुरोध गरेको हो ।

भाइरसको नयाँ भेरियन्ट छिमेकी देशमा बढी देखिएकाले नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र बढ्न नदिनको लागि इटहरी उपमहानगरका शाखा महाशाखा र वडा कार्यालयसहित सम्पूर्ण स्वास्थ्य संस्था र शैक्षिक संस्थामा कार्यरत कर्मचारी , विद्यार्थी र सेवाग्राहीले समेत अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पूरा गर्न उपमहानगरको अनुरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर