पार्टीका सांसदलाई रविको निर्देशन- जनताको जिम्मेवारी नभुल्नू (भिडिओ) – Nepal Press

पार्टीका सांसदलाई रविको निर्देशन- जनताको जिम्मेवारी नभुल्नू (भिडिओ)

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्।

पार्टी सभापति र महामन्त्री मुकुल ढकालले संसदमा प्रभावकारी भूमिका खेल्न लाग्न निर्देशन दिएको संसदीय दलको बैठकपछि सांसद सन्तोष परियारले बताए ।

उनले भने, ‘जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रण गरेका छौँ। आज संसदीय दलको नेता एवम् उपप्रधान तथा गृहमन्त्रीजीले संसदमा पहिलो पटक सम्बोधन गर्दै हुनुहुन्छ। उहाँले यहाँ बैठकमा पनि जनताले दिएको जिम्मेवारी पुरा गर्नका लागि लाग्न निर्देशन दिनुभएको छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासलाई विश्वासको मत लिनको लागि अन्य दलसँग पनि आग्रह गर्ने बताए।

उनले भने, ‘हामी आफैँ पनि सत्ता साझेदार दल हौँ। त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउनका लागि अन्य दललाई पनि आग्रह गर्छौँ। पार्टी नै सरकारमा भएकाले सांसदहरूलाई ह्विप लगाउन पर्दैन। त्यो सांसदहरूको जिम्मेवारी हो। हामीले पहिला नै सबै जिम्मेवारी पार्टी सभापतिलाई दिइसकेका छौँ।’

अहिले संसदीय दलको नेता मात्रै छानेको उनले बताए। सचेतक, प्रमुख सचेतक लगायत चाडै चयन गर्ने बताए।

संसद् सुचारुका लागि सभामुख र उपसभामुखको निर्वाचनअघि सभा सञ्चालनका लागि बन्ने अध्यक्षमण्डलका लागि आफ्नो पार्टीमा डा। चन्दा कार्कीलाई सिफारिस गरेको समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर