आजको मौसम : तराईमा हुस्सु, केही ठाउँमा हिमपात
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ पुष २५ गते ७:०९
![](https://www.nepalpress.com/wp-content/uploads/2022/12/NG_Sunsari-IMG_20221216_0841351-e1671164261958.jpg)
काठमाडौं । तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीत लहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
मङ्गलवार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।
प्रतिक्रिया