व्यवस्था नबदलेसम्म भ्रष्टाचार पनि अन्त्य हुँदैन – Nepal Press

व्यवस्था नबदलेसम्म भ्रष्टाचार पनि अन्त्य हुँदैन

भ्रष्टाचार राज्य विकसित भएदेखि नै भइरहेको छ । यसलाई उन्मूलन गर्ने भनिन्छ । तर, उन्मूलन गर्ने ठाउँमा पनि कुनै न कुनै हिसाबले भ्रष्टाचार भई नै रहेको छ । यसलाई उन्मूलन गर्न कानून हुनुपर्छ र भ्रष्टाचार गर्नेमाथि कडा कारबाही हुनुपर्छ । संसारभर यही छ । भ्रष्टाचार नगर्ने भन्ने देश पनि छन्, त्यहाँ पनि हुन्छ । तर, त्यहाँ कारबाही हुन्छ र मुक्त र उन्मुक्त हुन सक्दैनन् । हामीले पनि त्यो काम गर्नुपर्छ । त्यसका लागि हाम्रो देशको संविधान र कानूनमा पनि प्रश्न उठेको छ । त्यसमा संशोधन गर्न जरुरी छ ।

अब मेरो विषय के हो भने भ्रष्टाचार हुँदै नहुने, भए पनि थोरै हुने र कारबाही हुनसक्ने हो । यसबाट कोही बच्न नपाउने गरी जान मूल स्रोत शासन प्रणाली नै हो । हामी कस्तो शासन प्रणाली अवलम्बन गरिरहका छौं भन्नेसँग सम्बन्धित हुन्छ । मैले देख्दा संसदीय प्रणाली अवलम्बन गरेको ठाउँमा सबैभन्दा भ्रष्टाचार भएको, भ्रष्टाचार गर्न अनेकौं उपाय गरेर प्रधानमन्त्री हुने, मन्त्री हुने र प्रधानमन्त्री भएपछि कसरी जोगिएर भ्रष्टाचार गर्ने भन्ने नै हो । यो जम्मै किन हुन्छ भने भ्रष्टाचार गर्नेले देश, समाज, आफू र परिवार सबैलाई बर्बाद गर्छन् ।

तर, किन भइरहेको छ भने यसको जड शासन प्रणालीमा जान्छ । हामीले जुन शासन प्रणाली अवलम्बन गरेका छौं । जसले धेरै खर्च गर्छ, उही निर्वाचित हुन्छ । जसले जानेको छ, बुझेको छ र सुधार गर्न चाहन्छ, उसलाई अनेक किसिमले हराइन्छ । पार्टीभित्र पनि र बाहिर पनि त्यस्तै छ । व्यक्ति–व्यक्ति भ्रष्टाचारमा संलग्न छन् । ती व्यक्ति–व्यक्तिलाई नै कारबाही गर्ने अवस्था सृजना भयो भने फेरि अरुले पनि भ्रष्टाचार नगर्ने हुन्छ । गरिहाल्यो भने पनि धेरै कानून मिलाएर गरेको हुन्छ । त्यसलाई पनि छिचोल्न सक्ने व्यवस्था हुनुपर्छ ।

हामी कस्तो शासन प्रणाली अवलम्बन गरिरहका छौं भन्नेसँग सम्बन्धित हुन्छ । मैले देख्दा संसदीय प्रणाली अवलम्बन गरेको ठाउँमा सबैभन्दा भ्रष्टाचार भएको, भ्रष्टाचार गर्न अनेकौं उपाय गरेर प्रधानमन्त्री हुने, मन्त्री हुने र प्रधानमन्त्री भएपछि कसरी जोगिएर भ्रष्टाचार गर्ने भन्ने नै हो । यो जम्मै किन हुन्छ भने भ्रष्टाचार गर्नेले देश, समाज, आफू र परिवार सबैलाई बर्बाद गर्छन् ।

भ्रष्टाचार गर्न नदिने भनिन्थ्यो चीनमा । चीनमै हरेक वर्ष १० हजारदेखि १५ हजारसम्मलाई मृत्युदण्ड दिइरहेको अवस्था छ । भ्रष्टाचार समाप्त हुने भए त त्यहाँ हुनुपर्थ्यो । त्यसैले निरंकुश शासन कायम गर्दैमा भ्रष्टाचार अन्त्य हुँदैन । एक जना व्यक्तिले निर्णय गरेर सबै व्यवस्था समाप्त गर्न सकिन्छ भन्ने कुरा गलत हो । त्यसैले जनतामा आधारित शासन तर, भ्रष्टाचारलाई तुरुन्तै फेला पार्न सक्ने कानून र कानूनबमोजिम कारबाही हुन सक्ने त्यस्तो संस्कृति र परम्परा बसाल्ने गरी हामी जानुपर्छ र हामीले यसरी नियन्त्रण गर्नुपर्छ । त्यसैले म के देख्छु भने हाम्रो शासन प्रणाली नै गलत छ र संसदबाट मन्त्री बन्ने र मन्त्री छान्ने, प्रधानमन्त्री पनि संसदबाट छान्ने र मन्त्री पनि संसदबाट पठाउने व्यवस्था रहदाँसम्म यो सबै ध्वस्त हुन्छ । भ्रष्टाचार सबैभन्दा बढी यसैमा हुन्छ ।

त्यसैले जनताले प्रत्यक्ष निर्वाचित गर्ने शासन प्रणाली होस्, यो प्रणालीअन्तर्गत संसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने व्यवस्था पनि अन्त्य गर्नुपर्छ । अनि साधनस्रोतको सम्बन्धमा उत्पादनका साधनका लागि सबैभन्दा ठूलो साधन भूमि र कृषि हो । यो भूमि व्यक्तिले आर्जन गर्ने ठाउँ समाप्त गर्नुपर्छ । त्यो सरकारमा जानुपर्छ । व्यक्ति, समूह वा कम्पनी कसैले पनि उत्पादन गर्न चाहे लिजमा जमिन लिने व्यवस्था गर्नुपर्छ । यो प्रणाली अपनाइयो भने आधाभन्दा बढी भ्रष्टाचार अन्त्य हुन्छ ।

कुनै न कुनै हिसाबले जमिनसित सम्बन्धित छ, गुठीसित सम्बन्धित छ । त्यहाँबाट भ्रष्टाचार सुरु भइरहेको छ र यो शासन प्रणाली अन्त्य गर्नतर्फ लाग्यौं भने भ्रष्टाचार कम हुन्छ । तर, हामीले जति गर्न सक्ने हो त्यो गरेका छौं । जे गर्न भनेर लागेका हौं, त्यो इमानदारीपूर्वक नै गरेका छौं । उमेर पनि गइसक्यो भनौं । अब नयाँ व्यक्तिले जो राजनीतिमा आउदै हुनुहुन्छ, उनीहरुले नयाँ किसिमले जानुपर्छ । हाम्रो बाबुबाजेले अवलम्बन गरेको प्रणाली ठीक छ भनेर भन्नुहुँदैन ।

उत्पादनका साधनका लागि सबैभन्दा ठूलो साधन भूमि र कृषि हो । यो भूमि व्यक्तिले आर्जन गर्ने ठाउँ समाप्त गर्नुपर्छ । त्यो सरकारमा जानुपर्छ । व्यक्ति, समूह वा कम्पनी कसैले पनि उत्पादन गर्न चाहे लिजमा जमिन लिने व्यवस्था गर्नुपर्छ । यो प्रणाली अपनाइयो भने आधाभन्दा बढी भ्रष्टाचार अन्त्य हुन्छ ।

व्यक्ति-व्यक्ति भ्रष्टाचारमा संलग्न छन् । ती व्यक्ति-व्यक्तिलाई नै कारबाही गर्ने अवस्था सृजना भयो भने फेरि अरुले पनि भ्रष्टाचार नगर्ने हुन्छ । गरिहाल्यो भने पनि धेरै कानून मिलाएर गरेको हुन्छ । त्यसलाई पनि छिचोल्न सक्ने व्यवस्था हुनुपर्छ ।

आज कस्तो किसिमको प्रणाली सबैभन्दा सही छ, संसारमा २ सय भन्दा धेरै देश बनिसके । ती देशमा कहाँ भ्रष्टाचारमुक्त देश छ, भ्रष्टाचार देख्ने र सुन्नेबित्तिकै कारबाही गर्ने त्यस्तो समाज छ । संसद छ र नियम-कानून छ । हो, त्यो ठाउँबाट सिक्नुपर्छ र जानुपर्छ । मेरो निष्कर्ष त के हो भने यो संसदले प्रधानमन्त्री चुन्ने, संसद सदस्य मन्त्री बन्ने व्यवस्था रहँदासम्म भ्रष्टाचार अन्त्य हुन सक्दैन । जो आजसम्म भइरहेको छ ।

हाम्रो देशमा यो व्यवस्था १५ सालदेखि सुरु भएको हो । बीचमा पञ्चायत आयो त्यसपछि लगातार बहुमत आएदेखि यसै व्यवस्थामा छौं । देश अगाडि बढ्न पनि सकेन र भ्रष्टाचारमुक्त गर्ने बाटोमा एक पाइला पनि चाल्न सकेका छैनौं । समाज पनि निर्माण भएको छैन । जसले भ्रष्टाचार गरेर धेरै पैसा कमाउँछ, मेरो छोराले त एकदमै ठूलो काम गर्‍यो, गजबले पैसा कमाएको छ भन्ने हुन्छ । त्यस्तो समाज रहँदासम्म यो अन्त्य हुँदैन । त्यसैले यो व्यापक रुपमा समाजमा लैजानुपर्छ । समाजलाई अगाडि बढाउनुपर्छ । त्यस्तो प्रणाली हुनुपर्‍यो, जहाँ प्रत्यक्ष जनताले व्यक्तिको मूल्यांकन गर्न सकून् र त्यस्ता सही व्यक्ति आऊन् । यसरी जाने व्यवस्था गर्नुपर्छ ।

(राष्ट्रियसभा सदस्यअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्य गौतमले समितिको बैठकमा राखेको धारणाको सम्पादित अंश ।)


प्रतिक्रिया

One thought on “व्यवस्था नबदलेसम्म भ्रष्टाचार पनि अन्त्य हुँदैन

  1. जो भ्रष्टाचारको नाईके भनेर अहिलेसम्म बदनाम छ उसले भ्रष्टाचार अन्त्यको कुरा गर्ने ? त्यो पनि व्यवस्था नै बदलेर ? वाहियात ! अब खुरूक्क नाति नातिना खेलाएर बस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *