क्रसर उद्योग बन्दप्रति महासंघको ध्यानाकर्षण, तत्काल विकल्प खोज्न आग्रह – Nepal Press

क्रसर उद्योग बन्दप्रति महासंघको ध्यानाकर्षण, तत्काल विकल्प खोज्न आग्रह

रुपन्देही । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आर्थिक संकटको चपेटामा परेका उद्योगहरुलाई राहत दिने समयमा गृहमन्त्रालयले उद्योग बन्द गर्न दिएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेले पुस मसान्तको समयमा उद्योगी व्यवसायीहरुले बैंकको किस्ता, ब्याज र सरकारलाई कर तिर्नुपर्ने समयमा आर्थिक मन्दीबाट भरखर उठ्न थालेका उद्योगहरुलाई पुनः बन्द गराउन खोजिएको जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै न्यौपानेले उद्यमीको अभिभावक रहेको सरकारले नै उद्योग बन्द गर्न दिएको निर्देशन पालना गर्नु व्यवसायीको बाध्यता भएको जनाउँदै संघमा आवद्ध सबै उद्योग बन्द गरेर सरकारलाई सहयोग गर्न आव्हान गरेका छन् ।

व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संघले सधै सरकारलाई सहयोग गर्ने जनाउँदै उनले उद्योग बन्दबाट हुने असुविधा र बजार अभावको समस्या समयमै सम्बोधन गर्न आग्रह गरेका छन् । उनले सबै प्रदेश र जिल्लामा रहेका संघ आवद्ध उद्योगहरुलाई तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

गृहमन्त्रालयले अवैध रुपमा संचालन भएका सबै क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएसँगै यस्ता उद्योगहरु बन्द हुन थालेका हुन् । तर व्यवसायीहरुले यसअघिको मापदण्डमा चलेका उद्योगहरु नयाँ मापदण्डमा विकल्प दिन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर