इकोनोमीक मिडिया सोसाइटीमा नयाँ कार्यसमिति चयन – Nepal Press

इकोनोमीक मिडिया सोसाइटीमा नयाँ कार्यसमिति चयन

ललितपुर । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमीक मिडिया सोसाइटी नेपाल (इम्शन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

शुक्रवार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका विष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सदस्यहरूमा अर्थ सरोकार डटकमका सुरज प्याकुरेल, अर्थ संसार डटकमका मिलन खड्का, आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।

आर्थिक मिडियाहरूको व्यावसायिक विकास र दक्षता वृद्धिका लागि छ वर्षअघि स्थापना भएको इम्शनको अध्यक्षमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए ।

कुल २७ वटा आर्थिक मिडियाहरू आबद्ध रहेको यस संस्थाले चौथो र पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर