सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता – Nepal Press

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

काठमाडौं । सनराइज बैंकले काठमाडौँको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौतामा बैंकका ग्राहकले क्रेडिट, डेबिट कार्ड वा मोबाइल बौकिङ्ग मार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्ने जनाइएको छ ।

ग्राहकले हस्पिटलको अ‍ोपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने बैंकले जनाइएको छ ।
सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर